२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ तस्विर सार्वजनिक गरिदिने ब्ल्याकमेल गरी जवर्जस्ती करणी उद्योग गर्ने मानिसहरु पक्राउ

तस्विर सार्वजनिक गरिदिने ब्ल्याकमेल गरी जवर्जस्ती करणी उद्योग गर्ने मानिसहरु पक्राउ

सालझण्डी । साउन ०७ रातको गते १०:३० बजेको समयमा सालझण्डी प्रहरीका इन्सपेक्टर जगन्नाथ मरासिनीसहितको प्रहरी गस्ति टोलिले सैनामैना नगरपालिका स्थितको एकान्त ठाउँमा एक १९ वर्षिया युवती हकान्निएर रुँदै गरेको अवस्थामा फेला पार्दछ। रातको साढे दश बजिसकेको समयमा एकान्त ठाउँमा यसरी युवति रुनुलाई प्रहरीले अलि गम्भिर रुपमा लिएर सोधपुछ गर्दछ।

प्रहरीले सोधपुछ गर्ने क्रममा ति युवतिले आफू व्ल्याकमेलिङमा परेको कुरा प्रहरीलाई बताउँछिन्। एक डेढ बर्ष पहिला आफ्नो मोबाईलमा खिचेका निजि तस्विरहरु Ki NG नामको फेसबुक आईडि चलाउने अपरिचित व्यक्तिले फेला पार्दछन्। ति अपरिचित व्यक्तिले उक्त फोटोहरु युवतिको बहिनी नाता पर्नेलाई केहि दिन अघिदेखी नै पठाएर तेरो दिदीको बेईज्जत गरिदिन्छु फोटो भाईरल गराईदिन्छु छ यदि ईज्जत बचाउने हो भने मैले भनेजस्तो गर्न भनिदे भन्छन्।

त्यसपछि ति युवति आफ्नो ईज्जत जाने डरले ति अपरिचित व्यक्तिलाई आफ्नो नम्बर दिएकोमा ति व्यक्तिले पटकपटक फोन गरी भेट्न आउने भए आउ नत्र फोटो भाईरल गराईदिन्छु भनि डर देखाई धम्कि दिएपछि ति युवति साउन ७ गते साँझ भेट्न जान बाध्य हुन्छिन।

यहिँ बिचमा हाल प्रहरीले पक्राउ गरेका दुवैजनाले सैनामैना कलौनिमा रहेको मेडिकलबाट करिब साढे ६ बजेतिर नै ३ प्याकेट(१२ पिस) कण्डम किनेर युवतिको प्रतिक्षामा सैनामैना नगरपालिकाको कलौनि भन्ने ठाउँमा बस्छन्।

साँझको पौने आठ बजेको आसपासमा बारम्बार ब्याकमेल गर्ने उनै अपरिचित अनुहारका दुईवटा मानिसहरु भेटिन्छन् र फोटो डिलिट गरिदिन युवतिले बारम्बार अनुरोध गर्छिन तर उनिहरुले यहाँभन्दा केहि तल आमी भन्ने ठाउँमा एउटा खालि घर छ त्यहिँ जाउँ अनि त्यहिँ बसेर तिम्रा फोटोहरु डिलिट गरिदिउँला भनि करिब रातको नौ बज्नै लागेको समयमा अटोमा चढाई डेढ दुई कि.मी तल लिएर कञ्चन गाउँपालिकाको हात्तिबजार भन्ने ठाउँमा लैजान्छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार