२०८३ वैशाख ३१ गते बिहीवार | May 14, 2026

गृहपृष्ठ त्रिवेणीधाम स्थित निर्मणाधिन होटेल ग्राण्ड त्रिवेणीमा श्रमिक कामदारको मृत्यु

त्रिवेणीधाम स्थित निर्मणाधिन होटेल ग्राण्ड त्रिवेणीमा श्रमिक कामदारको मृत्यु

ज्ञानेश्वर सहानी । नवलपरासी पुर्वको त्रिवेणीधाम केउलानी स्थित निर्माणाधीन होटल ग्रान्ड त्रिवेणीमा श्रमिक कामदारको मृत्यु भएको छ। नवलपरासी पुर्वको बिनयी त्रिवेणी गाउँपालिका वडा न. ६ त्रिवेणी, केउलानीमा निर्माणाधीन होटलमा काम गर्ने पूर्णवासी हरीजनको होटलको भुइँ तलामा मंगलबार बिहान मृत्यु अवस्थामा देखेको सहकर्मि कामदारले बताएका छन् ।

होटलमा काम गर्ने मजदुरहरुले मंगलबार बिहान भुइँमा खसेको अवस्थामा उनको शव देखेपछि प्रहरीलाई खबर गरेको वताए । मृतकको मृत्युभएको को समय भने पोस्टमाटम पछि मात्र एकिन हुने दुम्किीवास प्रहरीको भनाइ छ ।

फर्निसिङ्गको काम गर्ने मृतक श्रमिकको अनुहारभरि चौटैचोट देखिएको छ । मृतक विगत एक महिना देखि निर्माणाधिन होटल ग्राण्ड त्रिवेणीमा सिकर्मिको रुपमा काम गर्ने गरेको स्थानीय वताउछन ।

प्रहरीका अनुसार मृतक नवलपरासी पश्चिम पाल्हीनन्दन गाउँपालिका अन्र्तगत सुनरी गाउको रहेको वुझिएको छ । इलाका प्रहरी कार्यालय दुम्कीवासका अनुसार अनुहारमा गहिरो घाउचोट देखिएकाले मृत्यु शंकास्पद देखिएको भनाइ छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल परासी पठाइएको छ ।

पोष्टमार्टम रिपोर्ट आएपछि कसरी मृत्यु भएको भन्ने थप अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ । निर्माणाधिन होटलमा कार्यरत मजदुरहरूको आपसी झगडा भएका कारण मृतक श्रमिक कामदारले गत सोमबार राती खाना समेत नखाएको वुझिएको छ । पोष्टमार्टम रिपोर्ट आए पश्चातमात्र अघाडिको अनुसन्धान सुरु हुने प्रहरीले जनाएको छ ।

निर्माणाधीन अवस्थामा रहेको पाँच तले होटल ग्राण्ड त्रिवेणी स्थानीय सुनिता भुषाल, सुशिल वानिया (गुडुडु) र मनोज कुमार रौनीयारको संयुक्त लगानीमा संचालन हुन लागेको वताइएको छ । ४ पाच तल्ले होटलमा करिब १५—२० जना श्रमिक कामदारहरु पछिल्लो समय काम गर्दै आएको स्थानीयले वताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार