गृहपृष्ठ श्रोत नखुलेको १२ लाख ५० हजार रुपैयाँ र मोटरसाईकलसहित एकजना रुपन्देही प्रहरी नियन्त्रणमा
श्रोत नखुलेको १२ लाख ५० हजार रुपैयाँ र मोटरसाईकलसहित एकजना रुपन्देही प्रहरी नियन्त्रणमा
रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले श्रोत नखुलेको १२ लाख ५० हजार रुपैयाँ र मोटरसाईकलसहित एकजनालाई पक्राउ गरेको छ । आईतबार सिद्धार्थनगर नगरपालिका वडा नं. १ वाईपास स्थित ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले लु ६ प ७१२९ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा भारतको उत्तर प्रदेश बस्दै आएका ४६ वर्षीय आँसी साहुलाई पक्राउ गरेको हो ।
प्रहरीले आँसी साहुको साथबाट स्रोत नखुलेको नेपाली एक हजारका नोट एघार सय थान अर्थात नेपाली एघार लाख रुपैयाँ र पाँच सयका नोट तीन सय थान अर्थात एक लाख पचास हजार रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका आसी साहुसहित बरामद भएको रुपैयाँ र मोटरसाईकल थप कारबाहीका लागि भन्सार कार्यालय बेलहिया रुपन्देही पठाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो ।






