२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ स्रोत नखुलेको रकम सहित १ जना मानिस प्रहरी नियन्त्रणमा

स्रोत नखुलेको रकम सहित १ जना मानिस प्रहरी नियन्त्रणमा

रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले स्रोत नखुलेको रु.२४.५०,०००/- (चौबिस लाख पचास हजार) रकमसहित एक जना मानिसलाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बुटवल उप–महानगरपालिका वडा नं. ८ सुख्खानगर बस्ने २८ वर्षीय सन्दिप शाक्यलाई पक्राउ गरेको हो ।

शाक्यले बोकेको कालो रङ्गको झोलाबाट श्रोत नखुलेको नेपाली रु.२४.५०,०००/- (चौबिस लाख पचास हजार) रकम फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो । बरामद गरीएको रकम र शाक्यलाई आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाईएको अर्यालले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार