गृहपृष्ठ लागू औषध सहित एक जना पक्राउ
लागू औषध सहित एक जना पक्राउ
ज्ञानेश्वर सहानी, नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ०७ ललितपुर स्थित महेशपुर परासी सडक खण्डमा लागू औषध सहित एक जना मानिस पक्राउ परेको छ । नवलपरासीको रामग्राम नगरपालिका वडा नं.०७ ललितपुर स्थित महेशपुर परासी सडक खण्डमा जिल्ला प्रहरी कार्यालय नवलपरासी को प्रसनि थमन बहादुर ठाडा मगरको कमाण्डमा आज बिहान ०७ बजे देखी १० वजे खटीएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा लागू औषध पक्राउ परेको छ।
दक्षिणबाट उत्तर तर्फ आउदै गरेको लु ५२ प ४६४ नं. को कालो स्कुटर रोकी रितपुर्वक चेकजाँच गर्दा स्कुटर चालक रूपन्देही जिल्ला को तिलोत्तमा नगरपालिका वडा नं. ०१ घर भएको ४० बर्षिय रूद्र बहादुर कार्कीको शरिर खोजतलास गर्दा लागू औषध पक्राउ परेको थियो ।
कार्कीको शरीरको तल्लो भागमा निलो रंगको जिन्सको पाईन्टको बाँया खल्ति मा कालो प्लाष्टिक भित्र लुकाई राखेको अवस्थामा २९ पोका लागु औषध खैरो हिरोईन जस्तो देखिने लागु पदार्थ (प्लाष्टिक सहित तौल गर्दा ३१ ग्राम) को पोकाहरुमा रहेको लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ निकाली एकै ठाउमा मिसाई प्लाष्टिक रहित तौल गर्दा २९ ग्राम फेला परेको थियो ।
निज रुद्र बहादुर लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ, स्कुटर वरामत गरी लागु औषध मुद्धामा आबस्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीको सुचना अधिकारी भोजराज पाण्डेय ले जानकारी दिनु भएको छ।






