गृहपृष्ठ कपिलबस्तुमा प्रहरीको गाडी दुर्घटना, २ जनाको मृत्यु, आधा दर्जन बढी घाइते
कपिलबस्तुमा प्रहरीको गाडी दुर्घटना, २ जनाको मृत्यु, आधा दर्जन बढी घाइते
बुटवल । कपिलवस्तुमा प्रहरी सवार ट्रक दुर्घटना भएको छ । शुक्रबार साँझ सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाणगंगा नगरपालिका वाड नं. ३ सिउटीमा भएको सशस्त्र प्रहरीको ट्रक दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ भने आधा दर्जन बढी घाइते भएको स्थानीय प्रतक्ष्यदर्शीले बताएका छन् ।
ना १ ग ५५४ नं. को मिनी ट्रक दुर्घटना हुँदा सशस्त्र प्रहरी जवान रमेश चौधरी र स्थानीय साइकलयात्री अमर तङनामीको मृत्यु भएको छ भने दुर्घटनामा स्थानीय सागर पाण्डे, राजु चौधरी र कुलबहादुर घर्ती गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।









