गृहपृष्ठ जवरजस्ती करणी मुद्दामा पाँच वर्ष कैद फैसला भई फरार रहेका मानिस सात वर्षपछि पक्राउ
जवरजस्ती करणी मुद्दामा पाँच वर्ष कैद फैसला भई फरार रहेका मानिस सात वर्षपछि पक्राउ
रुपन्देही । जबरजस्ती करणीका फरार प्रतिवादी ७ बर्षपछि पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले आईतबार जबरजस्ती करणीका फरार प्रतिवादी जिवन चौधरीलाई पक्राउ गरेको हो । पिडित महिलाको जाहेरीका आधारमा प्रहरीले बलात्कारी चौधरीलाई पक्राउ गरेको हो । जिवन चौधरीलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागी जिल्ला अदालत रुपन्देहीको आदेशानुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा पहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
चौधरीले २०७२ साल बैशाख २० गते रुद्रपुर गाविसस्थित घरमा कोही मानिस नभएको मौका पारी घरमा गई महिलालाई करकापमा पारेर जवरजस्ती गरेको प्रहरीले जानकारी दिएको छ । सो समयमा रुपन्देही जिल्ला अदालतको फैसलाले चौधरी सो समयमा तारिकमा छुटेका थिए । त्यसपश्चात उच्च अदालत बुटवल तुल्सीपुर दाङको २०७३ भाद्र ८ गतेको फैसलाले ५ बर्ष कैद हुने ठहरेको थियो तर चौधरी फैसला मितिदेखि नै फरार भएका थिए ।






