२०८३ असार २५ गते बिहीवार | July 09, 2026

गृहपृष्ठ मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी प्रहरीद्वारा पक्राउ

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी प्रहरीद्वारा पक्राउ

रूपन्देही । मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी कञ्चन गाउँपालिका-५ बस्ने आरने माईला भन्ने मिन बहादुर बिक कामीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कपिलवस्तुको २०७४ असार १९ गतेको फैसलाले मानव बेचबिखन मुद्दामा ३० वर्ष कैद, २ लाख ५० हजार रुपैयाँ जरिवाना र १ लाख २५ हजार रुपैयाँ पीडित महिलाहरुलाई क्षतिपूर्ति दिलाउने फैसला भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय सालझन्डीबाट प्रहरी निरिक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलीले सैनामैना नगरपालिका-५ बुद्दनगरबाट पक्राउ गरेको हो ।

२०७० कात्तिकमा सालिकराम बिकले २ जना महिलालाई प्रलोभनमा पारी दाङ लगेर मिन बहादुरको जिम्मा लगाएको, मिन बहादुरले भारतको पंजाव लगेर बग्गी नाम गरेको मानिसलाई जिम्मा लगाएकोमा पीडित महिला आफूहरू बेचिएको थाहा पाएपछि भागेर नेपाल फर्किएर २०७० पुसमा ईलाका प्रहरी कार्यालय कृष्णनगरमा उजुरी गरेपछि अनुसन्धानको क्रममा प्रतिवादी सालिकराम बिक तत्काल पक्राउ परेका थिए भने फरार मूख्य कसूरदार मिन बहादुर बिकलाई अदालतले उक्त कैद, जरिवाना र क्षतिपूर्ति भराउने फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत कपिलवस्तुमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय कपिलवस्तु पठाइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार