२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ जर्मनी र इंग्ल्यान्डबीचको मैत्रीपूर्ण रद्द

जर्मनी र इंग्ल्यान्डबीचको मैत्रीपूर्ण रद्द

इंग्ल्यान्ड र जर्मनी महिला फुटबल टिमबीचको मैत्रीपूर्ण खेल रद्द भएको छ ।

इंग्ल्यान्ड टिमका ब्याकरुम स्टाफलाई कोरोना भाईरसको संक्रमण देखिएपछि मैत्रीपूर्ण खेल रद्द गरिएको हो ।

इंग्ल्यान्डले मंगलबार ब्रिटा एरिनामा जर्मनीसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको थियो ।

मैत्रीपूर्ण खेल बन्द रंगशालामा हुने तय भएको थियो ।

तर, घरेलु टोलीका स्टाफमा कोरोना देखिएपछि मैत्रीपूर्ण खेल रद्द गरीएको छ ।

कोरोना भाईरसको महामारीको कारण इंग्ल्यान्डको महिला टिमले गत मार्चबाट कुनैपनि खेल खेलेको छैन ।

इंग्ल्यान्डले जर्मनीसँग पछिल्लो पटक गत नोभेम्बरमा खेलेको थियो ।

वेल्बलीमा भएको उक्त खेलमा जर्मनीले २-१ को जित निकालेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार