२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ बलिंग ब्याटिंग दुवै चलेपछि हैदरावाद दिल्लीबिरुद्द ८८ रनको फराकिलो अन्तरले विजयी

बलिंग ब्याटिंग दुवै चलेपछि हैदरावाद दिल्लीबिरुद्द ८८ रनको फराकिलो अन्तरले विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई ८८ रनले हराएको छ ।

मंगलबार राति दुबईमा भएको खेलमा दिल्लीसामु हैदरावादले जितका लागि २२० रनको लक्ष्य पेश गरेको थियो । जवाफमा दिल्ली १९ ओभरमा अलआउट हुँदै १३१ रनमात्र बनाउन सक्यो ।दिल्लीका लागि ऋषभ पन्तले दिल्लीका लागि ऋषभ पन्तले ३६, अजिक्य रहाणेले २६ र तुषार देश पाण्डेले नटआउट २० रन बनाए ।

 

हैदरावादका लागि राशिद खानले चार ओभरमा केबल सात रन दिएर तीन विकेट लिए । सन्दीप शर्मा र टी नटराजनले २–२ विकेट लिए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २१९ रन बनाएको थियो । ४५ बलमा ८७ रन बनाएका ऋद्धिमान साह म्यान अफ द म्याच भए । डेभिड वार्नरले ६६ रन बनाए । मनिष पाण्डे ४४ र केन विलियम्सन ११ रनमा नटआउट रहे ।यो पाँचौ जितसँगै हैदरावादले प्ले अफमा पुग्ने सम्भावना कायम राखेको छ । दिल्लीको पाँचौ हार हो । दिल्लीले लगातार तीन खेलमा जित निकाल्न सकेन । दिल्ली अंक तालिकामा तेस्रो नम्बरमा छ भने हैदरावाद छटौं नम्बरमा छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार