२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ लिजेण्ड फूटबलर डियगो म्यारोडोनाको शल्यक्रिया सफल

लिजेण्ड फूटबलर डियगो म्यारोडोनाको शल्यक्रिया सफल

अर्जेन्टिनाका लिजेण्ड डिएगो म्यारोडोनाको मस्तिष्कमा देखिएको ब्लड क्लोटको सफल शल्यक्रिया गरिएको छ ।

अर्जेन्टिनाको राजधानी ब्युनोस आयर्स नजिकको अस्पताल ला प्लाटामा मंगलबार म्यारोडोनाको सफल शल्यक्रिया गरिएको हो ।

६० वर्षीय म्यारोडोना अस्वस्थ्य भएपछि सोमबार अस्पताल भर्ना भएका थिए । र, सिटी स्क्यान गर्दा उनको मस्तिष्कमा ब्लड क्लोट देखिएको थियो ।

सफल शल्यक्रियापछि म्यारोडोना अस्पतालमै आराम गरिरहेको बताईएको छ ।

यस अघि म्यारोडोना कोरोना भाईरसको कारण सेल्फ आईसोलेसनमा रहेका थिए ।

उनको बडीगार्डलाई कोरोना देखिएपछि उनी सेल्फ आईसोलेसनमा बसेका थिए ।

म्यारोडोनाले ६० औं जन्म दिन समेत आईसोलेसनमा मनाएका थिए ।

म्यारोडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार