गृहपृष्ठ मिलन बस्ती टोल विकास संस्था द्वारा भलिबल प्रतियोगिता सम्पन्न
मिलन बस्ती टोल विकास संस्था द्वारा भलिबल प्रतियोगिता सम्पन्न
मिलन बस्ती टोल विकास संस्था, मिलन बस्ती धापाखेल -२३ द्वारा शुभ-दिपावलीको अवसरमा १ दिने भलिबल प्रतियोगिता संम्पन्न गरेको छ | टोल भित्र रहेका विभिन्न टिम हरु बिच मैत्रीपूर्ण खेल खेलाइएको थियो | बिष्णु प्रसाद पौडेल संयोजक रहेको यस कार्यक्रममा प्रमुख अतिथि कोमलभक्त उप्रेती, टोल विकास संस्थाका कार्यबाहक अध्यक्ष चुडादेवि भट्टराई ( बिडारी ) तथा सल्लाहकार भिम प्रसाद गेलालको उपस्थिति रहेको थियो |
उक्त खेलमा बिनोद महर्जनको कप्तानीमा रहेको टिमले प्रथम स्थान हासिल गरेको थियो भने दितीय स्थान नबिन श्रेष्ठको कप्तानीमा रहेको टिमले हासिल गरेको थियो | दितीय हुने टिमका खेलाडी मनोज वि.क. ले उत्कृष्ट खेलाडी को उपाधि हात परेका थिए | यस खेलमा रेफ्रीको भूमिका जुनियर टिमका खेलाडी नबिन मगर ले निर्बाह गरेका थिए |





