२०८३ वैशाख ९ गते बुधवार | April 22, 2026

गृहपृष्ठ सैनामैनाको एक निजि विद्यालयमा सञ्चालनमा आयो न्यू क्रिकेट एकेडेमी

सैनामैनाको एक निजि विद्यालयमा सञ्चालनमा आयो न्यू क्रिकेट एकेडेमी

सैनामैना नगरपालिकास्थित न्यू एकेडेमी बोर्डिङ स्कुलमा न्यू क्रिकेट एकेडेमी संचालनमा आएको छ । सैनामैना २ मा रहेको न्यू एकेडेमी बोडिङ्ग स्कुलको समायोजनमा उक्त क्रिकेट एकेडेमी संचालनमा आएको हो ।

नेपालका क्रिकेटर शक्ति गौचनको बोलिङ्ग र न्यू एकेडेमी बोडिङ्ग स्कुलका अध्यक्ष मिन प्रसाद पौडेलले बेटिङ्ग गरेर एकेडेमीको उद्घाटन गरिएको हो ।
एकेडेमीको उद्घाटन गर्दै नेपाली क्रिकेटर गौचनले क्रिकेटको नेपालमा राम्रो सम्भावना रहेको बताउनुभएको छ । समयको माग अनुसार बिद्यालय स्तरबाटै क्रिकेट एकेडेमी संचालनमा आउनु सकारात्मक रहेको बताउदै गौचनले यस एकेडमीबाट राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्नमा अहम भुमिका रहने बिश्वास गौचनले विश्वास व्यक्त गर्नुभएको छ । हरेक बिधार्थीको क्षमता फरकफरक हुने भएकोले बिधार्थी क्षमताको पहिचान गरी सोहि क्षेत्रमा अगाडी बढाउने उदेश्यले एकेडेमी संचालनमा ल्याईएको बिद्यालयका अध्यक्ष मिन प्रसाद पौडेलले जानकारी दिनुभयो ।

बिधालयलाई एक उत्कृष्ट, नमुना र गुणस्तरीय बिद्यालय बनाउने तर्फ सधै अग्रसर रहेको अध्यक्ष पौडेलले बताउनुभएको छ । खेल क्षेत्रमा पनि बिधार्थीलाई प्रोत्साहन गर्ने गरी एकेडेमी संचालन गरीएको उहाँले बताउनुभयो । बिधालय र बिधालय बाहिर रहेका सबैलाई लक्षित गरी यो एकेडमी संचालनमा ल्याईएको बिधालयका प्रधानाध्यापक टोपलाल भट्टाराईले बताए । एकेडमीमा छात्र छात्रा सबैलाई प्रशिक्षण गर्ने ब्यवस्था मिलाईएको बताउदै एकेडेमीमा बिभिन्न प्याकेजहरु रहेको भट्टाराईले बताएका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार