गृहपृष्ठ पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं. ५ गेरमीमा खुल्ला क्रिकेट प्रतियाेगिता सुरु
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं. ५ गेरमीमा खुल्ला क्रिकेट प्रतियाेगिता सुरु
पश्चिम नवलपरासीकाे पाल्हिनन्दन गाउँपालिका वर्डा नं ५ गेरमी काे राजनारायण मा वि काे खेल मैदानमा उज्यालो भविष्य संस्थाकाे आयाेजनामा खुल्ला क्रिकेट प्रतियोगिता उद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ ।
पाल्हिनन्दन गाउँपालिका काे सहयोग तथा उत्तम समाजिक विकास संस्था , युवा सचेतना संस्था र उपकार समाज संस्था काे सहकार्यमा खुल्ला क्रिकेट प्रतियोगिता सञ्चालन गरिएको छ । उज्यालो भविष्य संस्थाका अध्यक्ष अमरमणि गुप्ताकाे अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका का अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) काे प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हाे । कार्यक्रममा उत्तम समाजिक विकास संस्थाका अध्यक्ष गुड्डु गुप्ता , प्रहरी चाैकी गेरमीका ईन्चार्ज , समाजिक अभियन्ता अशाेक गुप्ता , पत्रकार सुरेश यादव र ज्ञानेश्वर सहानी लगाएतकाे उपस्थिति रहेकाे थियाे यस्तै आजकाे पहिलाे खेल बेलासपुर v/s सुर्यपुरा र दाेश्राे खेल देवकाेटा क्याम्पस (सुनवल) v/s हरपुर विच भएको हाे भने कार्यक्रम सञ्चालन रन्जित शर्माले गर्नुभएको थियाे ।





