२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ स्पेनिस ला लिगामा गेटाफे रियल मड्रिडसँग पराजित

स्पेनिस ला लिगामा गेटाफे रियल मड्रिडसँग पराजित

रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा रियलले गेटाफेलाई २–० गोलले पराजित गरेको हो । रियलको जितमा करिम बेन्जिमा र फेर्लान्ड मेन्डीले गोल गरे ।

पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको रियलले दोस्रो हाफमा पहिलो गोल गरेको ६ मिनेटभित्र अर्को गोल गर्दै जित निकालेको छ ।

खेलको ६० औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियल मड्रिडलाई १–० को अग्रता दिलाए । त्यसको ६ मिनेटपछि नै रियलले अर्को गोल थप्न सफल भयो ।

रियलका लागि फेर्लान्ड मेन्डीले गोल गर्दै रियललाई २–० को अग्रतामा लगे । ६९ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको रियलले बाँकी समयमा अग्रतालाई कायमै राख्दै जित निकालेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार