२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ नेपाली फ़्रेन्चाइज् टि-२० क्रिकेट लिग एभरेस्ट प्रिमियर लिगको चौथो संस्करणको नयाँ मिति सार्वजनिक

नेपाली फ़्रेन्चाइज् टि-२० क्रिकेट लिग एभरेस्ट प्रिमियर लिगको चौथो संस्करणको नयाँ मिति सार्वजनिक

नेपाली फ़्रेन्चाइज् टि-२० क्रिकेट लिग एभरेस्ट प्रिमियर लिगको चौथो संस्करणको नयाँ मिति सार्वजनिक गरिएको छ । इपिएलले प्रतियोगिता २०२१  सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म अर्थात् नेपाली मिति आगामी वर्ष २०७८ असोज ९ गते देखि २३ गतेसम्म आयोजना हुने जनाएको छ । यो मितिलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले अनुमति दिई सकेको इपिएलले बिज्ञप्ति जारि गर्दै बताएको छ ।

गत वर्ष चैत्र १ गते देखि १५ गते सम्म आयोजना हुने घोषणा गरिएको लिग कोरोना महामारीको कारण स्थगित भएको थियो। नेपाल सरकारले सार्वजनिक स्थलमा सभा सम्मेलन तथा खेलकुद गतिविधि स्थगित गरेकाले लिग अनिश्चितकालको लागि सार्नु परेको थियो। कोरोनाको कारण इपिएलसंगै धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिगको गत सिजन समेत आयोजना हुन पाएको थिएन।

इपिएलमा ६ वटा टोलिको सहभागिता रहनेछ। डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रिएट्ससंगै काठमाडौँ किंग्स-११, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडीएटर्स र बिराटनगर वारियर्स लिगमा सहभागी टिमहरु हुन् ।

लिग खेल्न विश्व प्रसिद्ध वेस्टइन्डिज क्रिकेटर क्रिस गेल लगायत कोरे एण्डरसन, पल स्टरलिंग, उपुल थारांगा, ड्वेन स्मिथ, केभिन ओ ब्रायन, मोहम्मद शहजाद, केसरिक् विलियम्स जस्ता खेलाडीहरु आउने तय भएको थियो। यस्तै विश्व प्रसिद्ध दक्षिण अफ्रिकी क्रिकेटर ए बि डी भिल्लीयर्सलाई पनि टिममा आवद्ध गर्न प्रयास भैरहेको बताईएको छ । नयाँ मिति सार्वजनिक भएकोले पहिले आवद्ध भएका विदेशी खेलाडीहरुमा फेरवदल हुनसक्नेछन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार