गृहपृष्ठ सोमपालले खेले अर्धसतकीय पारी, सन्दिपको टिम ५ विकेटले पराजित
सोमपालले खेले अर्धसतकीय पारी, सन्दिपको टिम ५ विकेटले पराजित
काठमाडौँमा जारी मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अन्तर्गत त्रिभुवन आर्मी क्लब र मेयर्स-११ बिचको खेलमा त्रिभुवन आर्मी क्लब ५ विकेटले विजयी भएको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको मेयर्स-११ को टिम ४२.१ ओभरमा १५५ रन बनाएर अलआउट भएको थियो । मेयर्स-११ का लागि ब्याटिङ्गमा सौरभ खनालले सर्वाधिक ४२ रन बनाएका थिए भने त्रिभुवन आर्मी क्लबका लागि बलिङ्गमा साहब आलमले सर्वाधिक ४ विकेट लिएका थिए
मेयर्स-११ ले दिएको १५६ रनको सामान्य रनको लक्ष्य त्रिभुवन आर्मी क्लबले २३.५ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । त्रिभुवन आर्मीका लागि सोमपाल कामीले ५१ बलमा ८० रनको विस्फोट पारी खेल्दैँ शानदार अर्धसतक बनाएका थिए । ८० रनको विस्फोटक पारी खेल्दाँ उनले ६ छक्का र ९ चौका प्रहार गरेका थिए । मेयर्स-११ का लागि बलिङ्गमा सन्दिप लामिछानेले सर्वाधिक २ विकेट निकालेका थिए ।





