२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ बागमतीको पहिलो जित, सोनुको उत्कृष्ट बलिङ

बागमतीको पहिलो जित, सोनुको उत्कृष्ट बलिङ

बागमती प्रदेशले काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।

मंगलबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई २७ रनले पराजित गर्दै बागमतीले पहिलो जित निकालेको हो ।

टियु क्रिकेट मैदानमा बागमतीले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको एपीएफले ४४ ओभर ५ बलमा अलआउट हुँदै २ सय ६ बनाउन सक्यो ।

आशिफ शेखले ५० रनको अर्धशतकीय इनिङ्स खेलेपनि एपीएफलाई जित दिलाउन सकेनन् ।

यस्तै एपीएफका लागि शंकर रानाले २९ रन जोड्दा अमर रौटेलाले २७ रन बनाए ।

त्यस्तै सन्दीप जोराले २५ रन जोड्दा भुवन कार्कीले १४ रन बनाए ।

एपीएफलाई रोक्न बागमतीका सोनु देवकोटाले ६ विकेट लिए । उनले ४१ रन खर्चिए ।

यस्तै रामनरेश गिरि र अरियो पौडेलले २/२ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभर खेल्दै ६ विकेट गुमाएर २ सय ३३ रन बनाएको थियो ।

बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्ल र नन्दन यादवले अर्धशतकीय इनिङ्स खेले ।

तेस्रो विकेटको रुपमा आउट भएका कप्तान मल्लले ८४ बलमा ७ चौकासहित ५७ रन बनाए ।

यस्तै नन्दनले ५६ बलमा ७ चौका र २ छक्कासहित अविजित रहदै ६० रन बनाए ।

आदील खानले ३४ रन जोड्दा सोनु देवकोटा ५ रनमा अविजित रहे ।

इशान पाण्डेले ३१ रन जोडे भने पारस खड्का २९ रन बनाएर पेभेलियन फर्किए ।

पृथु बास्कोटा ५ रनमा आउट हुँदा आकाश थापा १ रनमा आउट भए ।

एपीएफका अमर रौटेला र किशोर महतोले २/२ विकेट लिए ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार