२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश

इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश

एजेन्सी

च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा आरबी लाइपजिगलाई २-० ले पराजित गर्दै समग्रमा ४-० को जितसहित लिभरपुल क्वाटरफाइनलमा पुगेको हो ।

लिभरपुलले जर्मन क्लबलाई पहिलो लेगमा समेत ४-० ले नै हराएको थियो ।

हंगेरीको पुस्कास एरिनामा भएको दोस्रो लेगमा लिभरपुलका लागि मोहमद सलाह र साडियो मानेले एक एक गोल गरे ।

लिभरपुलले दुबै गोल दोस्रो हाफमा गरेको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७० औं मिनेटमा सलाहले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७४ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार