२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ वेस्टर्न क्रिकेट क्लबले रुपन्देही सुपर लिगको उपाधि जितेको छ

वेस्टर्न क्रिकेट क्लबले रुपन्देही सुपर लिगको उपाधि जितेको छ

भैरहवा |
शनिबार भएको फाइनलमा न्यू होराइजन क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै वेस्टर्नले पहिलो पटक उपाधि जितेको हो ।

उपाधिसँगै वेस्टर्नले ८० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको होराइजनले ४० हजार रुपैयाँ प्राप्त गर्यो ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा खराब मौसमका कारण ३० ओभरमा छोट्याइएको खेलमा पहिले ब्याटिङ गरेको होराइजनले ९ विकेटको क्षतिमा १ सय ६ रन बनायो ।

उसका लागि विशाल खत्रीले सर्वाधिक २३ रन बनाए । सुमित पराजुलीले १८, अमर मिश्राले १३, शक्ति गौचन र गोविन्द केसीले समान १०/१० रन बनाए ।

No description available.

होराइजनलाई सस्तैमा रोक्न वेस्टर्नका हरजित सिंह, देव खनाल र राहुल कुमारले २/२ विकेट तथा अभिषेक गौतम, एकेन्द्र कुंवर र विवेक पराजुलीले समान १/१ विकेट लिए ।

होराइजनले दिएको लक्ष्य वेस्टर्नले २८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । दोस्रो विकेटका लागि देव खनाल र उत्तम थापाले ६५ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याएका थिए ।

७८ रनमा ४ विकेट गुमाएको वेस्टर्नका अजय कौशिल्या र एकेन्द्र कुंवरको जोडी जमेपछि जित निकाल्न सफल भयो । उसका लागि देव खनालले सर्वाधिक ४४, उत्तम थापाले २६, एकेन्द्र कुंवरले २२ र अजय कौशिल्याले ११ रन जोडे । होराइजनका गोविन्द केसीले २ तथा तुलबहादुर थापाले १ विकेट लिए ।

No description available.

प्रतियोगितामा देव खनाल म्यान अफ द फाइनल भई ५ हजार रुपैयाँ हात पारे ।

यस्तै लिगमा वेस्टर्नका राहुल कुमारले म्यान अफ द सिरिजको उपाधिसहित १५ हजार रुपैयाँ प्राप्त गरे । उनी उत्कृष्ट ब्याट्सम्यान समेत भए र ५ हजार रुपैयाँ प्राप्त गरे ।

लुम्बिनी खुकुरीका अजय लोनिया उत्कृष्ट बलर बन्दै ५ हजार रुपैयाँ प्राप्त गरे भने लिगमा उत्कृष्ट प्रदर्शन गरेका होराइजनका पुरुषोत्तम भट्टराई उदयीमान खेलाडी हुँदै ५ हजार रुपैयाँ प्राप्त गरे।

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार