२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ नेपालमा आयोजना हुने त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्ने

नेपालमा आयोजना हुने त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्ने

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार पत्रकार सम्मेलन गर्दै त्रिदेशीय फुटबल नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने जनाएको छ ।

नेपाल टेलिभिजनसँगको यस अघिको सम्झौता अनुसार त्रिदेशीय फुटबलको प्रत्यक्ष प्रसारण अधिकार नेपाल टेलिभिजनलाई दिईएको एन्फाका प्रवक्ता किरण राईले बताए ।’अघिल्ला सम्झौता अनुसार प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनलाई दिएका हौँ ,’ उनले भने, ‘एन्फाले नेपाल टेलिभिजनसँग ६ अन्तराष्ट्रिय खेलका लागि सम्झौता गरेको थियो ।’एन्फाले नेपाल टेलिभिजन ३५ लाखको सम्झौता गरेको थियो ।

दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबलमा नेपाल, बंगलादेश र किर्गिस्तानले खेल्ने छन् ।

नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ ।

नेपाल र किर्गिस्तानबीचको खेल चैत १२ गते हुनेछ । किर्गिस्तानको यू-२३ टिम हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्ने छन् । उद्घाटन खेल चैत १० हुनेछ ।

यस्तै दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ ।

राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

फाइनल खेल चैत १६ गते हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार