२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ नेपाल १० खेलाडीमा सिमित किर्गिस्तानको यू-२३ टिमसँग गोलरहित बराबरीमा रोकियो

नेपाल १० खेलाडीमा सिमित किर्गिस्तानको यू-२३ टिमसँग गोलरहित बराबरीमा रोकियो

काठमाडौं । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको पहिलो खेलमा नेपाल बराबरीमा रोकिएको छ ।

बिहीबार भएको खेलमा नेपाल १० खेलाडीमा सिमित किर्गिस्तानको यू-२३ टिमसँग गोलरहित बराबरीमा रोकिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बल पोसेसनमा पकड जमाएपनि गोल गर्न नसक्दा नेपालले किर्गिस्तानको ओलम्पिक टिमसँग बराबरी खेल्नु परेको हो ।

खेलको चौंथो मिनेटमा तेज तामाङ फ्रिकिकमा अन्जन विष्टको फ्रि हेडर पोस्ट नजिकैबाट बाहिरिएको थियो ।


खेलको दशौँ मिनेटमा त्रिदेभ गुरुङको कर्नरमा अनन्त तामाङको हेड बल समेत पोस्ट नजिकबाट बाहिरिदा नेपालले अग्रता बनाउन चुकेको थियो ।

खेलको १४ औं मिनेटमा अन्जन विष्टको क्रस पोस्टमा लाग्दै फर्किदा नेपाल पुन अग्रता बनाउन चुकेको थियो ।

 

नेपाल १० खेलाडीमा सिमित किर्गिस्तानको यू-२३ टिमसँग गोलरहित बराबरीमा रोकिएखेलको ३३ औं मिनेटमा रबी पासवानको पासमा अन्जनले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट प्रहार गरेको बलले पोस्टको दिशा लिन सकेन ।

दोस्रो हाफको सुरुवातमा किर्गिस्तानले नेपालविरुद्ध केहि आक्रमण गर्यो ।

५२ औं मिनेटमा बोरुबेभ गुल्जितको फ्रिकिक पोस्टको केहि माथिबाट गएको थियो ।

लगत्तै ५४ औं मिनेटमा गुल्जितकै फ्रिकिक गोलकिपर किरण चेम्जोङले बचाए ।

६३ औं मिनेटमा रञ्‍जितको फ्रिकिकमा अन्जनको हेड बल पोस्ट नजिकबाट बाहिरिएको थियो ।

खेलको ६७ औं मिनेटमा कप्तान टासिभ कामोलिदीन दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिदा किर्गिस्तान १० खेलाडीमा समेटिएको थियो ।

खेलको ७९ औं मिनेटमा अनन्त तामाङको ओभर हेड किक किर्गिस्तानका गोलकिपरले सहजै बचाए ।

 

यस बराबरीसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ । किर्गिस्तानको समेत फाइनल पुग्ने सम्भावना रहेको छ ।

यस खेलको नतिजाले बंगलादेश भने फाइनल पुगेको छ ।

नेपालले १ खेलमा १ अंक जोडेको छ । किर्गिस्तानले २ खेलमा १ अंक जोडेको छ ।

बंगलादेशको १ खेलमा ३ अंक रहेको छ ।

उद्घाटन खेलमा किर्गिस्तान बंगलादेशसँग १-० ले पराजित भएको थियो ।

अब नेपालले दोस्रो खेलमा बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल शनिबार हुनेछ ।

राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार