२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले साँझ ५:३० बजे बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल फाइनल पुग्ने लक्ष्यमा हुनेछ । फाइनल पुग्न नेपाललाई कम्तिमा जित र बराबरीको नतिजा आवश्यक रहेको छ ।

नेपालको बंगलादेश चिरपरिचित प्रतिद्वन्दी हो । नेपालले पछिल्लोपटक मैत्रीपूर्ण खेलका लागि बंगलादेश भ्रमण गरेको थियो ।

गत कात्तिकको अन्तिम र मंसिरको पहिलो साता नेपालले ढाकामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले पहिलो खेल २-० ले गुमाएको थियो । दोस्रो खेल भने गोलरहित बराबरीमा सकिएको थियो ।

हेड टु हेड कस्तो ?

बंगलादेशविरुद्धको ‘हेड टु हेड’ मा नेपाल निकै पछि रहेको छ ।

नेपाल र बंगलादेशबीच हालसम्म २१ पटक प्रतिस्पर्धा भएको छ । जसमा बंगलादेशले १३ खेल जितेको छ भने नेपालले ६ खेल मात्रै जितेको छ । ३ खेल बराबरीमा सकिएको छ ।

सन् १९८३ मा नेपालले बंगलादेशसँग पहिलो पटक खेलेको थियो । मर्डेका कपमा नेपाल बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

त्यसपछि नेपालले बंगलादेशसँग साउथ एसियन फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिप र साउथ एसियन गेम्स (साग) ७–७ पटक भिडेका छन् ।

यस्तै ४ मैत्रीपूर्ण खेल खेल्दा एसियन गेम र एएफसी एसियन कपमा एक एक पटक प्रतिस्पर्धा गरेका छन् ।

पछिल्लो पटक नेपालले ढाका साफ च्याम्पियनसिपमा बंगलादेशलाई हराएको थियो ।

२०७५ सालको भदौंमा भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २-० ले हराएको थियो ।

त्यसपछि नेपालले गत कात्तिकमा मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले एक हार व्यहोरेको थियो भने एक खेल बराबरी खेलेको थियो ।

पछिल्लो पाँच भेटमा नेपालले बंगलादेशसँग १ जित निकाल्दा २ बराबरी र २ हार व्यहोरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार