गृहपृष्ठ प्रधानमन्त्री ओली सोमबार हुने थ्री नेसन्स कपको फाईनलमा प्रमुख अतिथीको रुपमा दशरथ रंगशालामा उपस्थित हुने
प्रधानमन्त्री ओली सोमबार हुने थ्री नेसन्स कपको फाईनलमा प्रमुख अतिथीको रुपमा दशरथ रंगशालामा उपस्थित हुने
काठमाडौं । थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनल खेलमा प्रधानमन्त्री केपी ओली प्रमुख अतिथीको रुपमा उपस्थित हुने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्री नेसन्स कप फाइनलमा प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथीको रुपमा आमन्त्रण गरेको छ ।
एन्फाका अनुसार प्रधानमन्त्री ओली सोमबार हुने फाइनल खेलमा प्रमुख अतिथीको रुपमा दशरथ रंगशालामा उपस्थित हुने भएका छन् ।
थ्री नेसन्स कपको फाईनलमा आयोजक देश नेपाल र बंगलादेश भिड्दैछन् । तीन देश सहभागी बनेको प्रतियोगितामा किर्तिस्तानको टिम बाहिरिसकेको छ ।
नेपाल र बंगलादेश प्रतियोगिताको उपाधिका लागि सोमबार आमनेसामने हुँदैछन् ।
एन्फाले प्रधानमन्त्रीलाई प्रतियोगिताको समापन समारोहको मुख्य अतिथी बनाएको हो ।
शनिबार मात्र प्रतियोगिताको तेस्रो खेलमा पुर्व प्रधानमन्त्री एवंम एमाले वरिष्ठ नेता माधवकुमार नेपाल अतिथीको रुपमा दशरथ रंगशाला प्रवेश गरेका थिए ।
युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १३ औं सागको उद्घाटन र समापनको दौरान प्रधानमन्त्रीलाई दशरथ रंगशालामा आमन्त्रण गर्न चाहेका थिए ।
तर प्रधानमन्त्रीको स्वास्थ्य प्रतिकुलताका कारण सो सम्भव भएको थिएन ।
सोमबार हुने फुटलबको फाइनल खेलमा भने प्रधानमन्त्रीलाई प्रमुख अतिथीको रुपमा आमन्त्रण गर्न सबै पक्षले जोड गरेका हुन् ।






