गृहपृष्ठ विभागीय टिम एपीएफलाई हराउँदै संकटा क्लब १९ औं संस्करणको आहा रारा गोल्डकपको फाईनलमा प्रवेश
विभागीय टिम एपीएफलाई हराउँदै संकटा क्लब १९ औं संस्करणको आहा रारा गोल्डकपको फाईनलमा प्रवेश
पोखरा ।विभागीय टिम एपीएफलाई हराउँदै संकटा क्लब १९ औं संस्करणको आहा रारा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाईनलको खेलमा काठमाडौंको संकटाले विभागीय टिम एपीएफलाई २–० गोल अन्तरले पराजित गर्यो ।

संकटाको जितमा सुबास गुरुङ र विदेशी खेलाडी ग्लोरीले समान एक एक गोल गरे ।
खेलको ३३ औं मिनेटमा ग्लोरीको पासलाई सदुपयोग गर्दै सुबासले संकटालाई अग्रता दिलाएका थिए ।
खेलको अन्तिम मिनेटमा ग्लोरीले गोल गर्दै संकटाको जित सुनिश्चित गरेका थिए ।

जितमा संकटाका प्रशिक्षक सल्यानी खड्गी खुसी देखिए । एपीएफविरुद्ध प्राप्त जितलाई उनले आफ्नो प्रशिक्षक करियरको रमाईलो पलको रुपमा ब्याख्या गरे ।
‘अपेक्षा अनुसार खेलाडीले खेल्न सके । फाईनलका लागि पनि हामीसंग दुई दिन बाँकी छ । फाइनलमा पनि यस्तै खेल्ने कोशिश हुनेछ ।’ उनले भने ।
‘खेलाडीले अपेक्षा भन्दा धेरै राम्रो प्रर्दशन गरे ।’ उनले थपे ।
एपीएफका प्रशिक्षक सुदीप श्रेष्ठले गोलका प्रयास गरेपनि सफल नभएको बताए ।
‘मुख्य त गोलमै समस्या भयो । गोलनै गर्न सकिएन । त्यसैमा हाम्रो कमजोरी रह्यो ।’ उनले थपे ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
source- Khelpati





