२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो खेलमा राेयल च्यालेन्जर्स बैंगलोरसंग मुम्बई इन्डियन्स २ विकेटले पराजित

१४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो खेलमा राेयल च्यालेन्जर्स बैंगलोरसंग मुम्बई इन्डियन्स २ विकेटले पराजित

एजेन्सी । १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो खेलमा राेयल च्यालेन्जर्स बैंगलोरसंग मुम्बई इन्डियन्स २ विकेटले पराजित भएको छ ।

शुक्रबार राती आईपीएलको उद्घाटन खेलमा बैंगलोरले मुम्बईलाई २ विकेटले पराजित गरेकाे हाे ।

मुम्बईले दिएको १ सय ६० रनको लक्ष्य बैंगलोरले २० ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्‍यो ।

बैंगलोरका लागि एवी डेवीलियर्सले सर्वाधिक ४८ रन जोडे । उनले २७ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४८ रनको योगदान दिए ।

 

ग्लेन म्याक्सवेलले ३९ रन जोडे । उनले २८ बल खेल्दै ३ चौका र २ छक्काको मद्दतमा ३९ रन जोडेका हुन ।

त्यस्तै कप्तान विराट कोहली ३३ रनमा पेभेलियन फर्किए । उनले २९ बलमा ४ चौका सहित ३३ रनको पारी खेले । खराब सुरुवात गरेको बैंगलोरका लागि कोहली र म्याक्सवेलले ५२ रनको साझेदारी गरेका थिए ।

वासिङटन सुन्दर १०, रजत पटिदरले ८ र क्ले जेमसनले ४ रनको योगदान दिए ।

मुम्बईका लागि मार्को जेनसन र जसप्रित बुम्राहले समान दुई-दुई विकेट लिए । कुर्नाल पाण्डेय, ट्रेन्ट बोल्टले एक-एक विकेट लिए।

यसअघि, पहिले ब्याटिङ गरेकाे मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५९ रन जोडेको थियाे।

मुम्बईका क्रिस लिन अर्धशतक बनाउनबाट एक रनले चुकेका थिए । ४९ रन बनाएर खेल्ने क्रममा उनी वासिङटन सुन्दरको बलमा क्याच हुँदै पेभिलियन फर्किए ।

लिनले ३५ बलमा ४ चौका र तीन छक्का प्रहार गर्दै ४९ रनको योगदान दिएका थिए ।

विकेटकिपर ब्याट्सम्यान इसान किशनले २८ रनको योगदान दिए । कप्तान रोहित शर्माले १९ रन जोडे ।

ओपनर शर्मा रन आउट भएका थिए ।

दाेस्राे विकेटेको रुपमा सुर्यकुमार यादव पेभिलियन फर्किए । ३१ रनमा खेलेका उनी केली जेमसनको बलमा एवी डेवीलियर्सकाे हातबाट क्याच आउट हुन पुगे । सुर्यकुमाले ३४ बलमा ४ चौका र एक छक्का प्रहार गरे ।

हार्दिक पाण्डेय १३ रनमा आउट हुँदा किरोन पोलार्ड र कुर्नाल पाण्डेय समान ७–७ रनमा आउट भए । मार्को जेनसन र राहुल चाहार शुन्य रनमा पेभिलियन फर्किए । जसप्रित बुम्राह १ रनमा अविजित रहे ।

बलिङतर्फ बैंगलोरका लागि हर्सल पटेलले सर्वाधिक पाँच विकेट लिए । उनले चार ओभरमा रन खर्चदै पाँच विकेट लिए। केली जेमसन र वासिङटन सुन्दरले एक एक विकेट लिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार