२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ एपीएफ क्लबलाई छैटौं विराट गोल्डकप फुटबलको उपाधि

एपीएफ क्लबलाई छैटौं विराट गोल्डकप फुटबलको उपाधि

विराटनगर । सशत्र प्रहरीको एपीएफ क्लबले छैटौं विराट गोल्डकप फुटबलको उपाधि जितेको छ ।

विराटनगरमा शनिबार राति भएको फाइनलमा भारतको पन्जाब पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।

विराटनगरको सहिद मैदानमा एपीएफलाई उपाधि दिलाउन प्रदिप लामाले निर्णायक गोल गरे ।

प्रदिपले खेलको दशौँ मिनेटमा गोल गरेका थिए । जुन गोल खेलको निर्णायक बन्यो ।

उपाधिसँगै एपीएफले १५ लाख १५ हजार प्राप्त गरेको छ । उपविजेता पन्जाबले ७ लाख ५० हजार प्राप्त गरेको छ ।

No description available.

प्रतियोगितामा एपीएफका आशिस लामा प्लेयर अफ दि टुर्नामेन्ट बने । उनले मोटरसाइकल प्राप्त गरे ।

यस्तै संकटाका फोफाना फोडे उत्कृष्ट स्ट्राइकर, एपीएफका गोलकिपर राजु नगरकोटी उत्कृष्ट गोलकिपर, सनिश श्रेष्ठ उत्कृष्ट डिफेन्डर र मणि लामा उत्कृष्ट मिडफिल्डर चुनिए ।

उनीहरुले जनही २५ हजार प्राप्त गरे ।

विराटनगरका प्रकाश बुढाथोकी सर्वाधिक गोलकर्ता चुनिए । फेयर प्ले टिमको उपाधि विराटनगरले प्राप्त गर्यो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार