२०८३ भदौ ५ गते शुक्रवार | August 21, 2026

गृहपृष्ठ नेपाल सुपर लिग -धनगढीमाथि विराटनगरको सानदार जित

नेपाल सुपर लिग -धनगढीमाथि विराटनगरको सानदार जित

 

काठमाडौं । विराटनगर एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा सानदार जित निकालेको छ ।

आइतबार भएको आफ्नो पहिलो खेलमा विराटनगरले धनगढी एफसीमाथि ३-० को सानदार जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विराटनगरलाई जित दिलाउन बिक्रम धिमाल, एडिलाजा सोमिडे र सन्तोष तामाङले एक एक गोल गरे ।

बिराटनगरले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो ।

May be an image of 2 people, people standing, people playing football, grass and text that says 'Khutri Janal JANAKI TANK खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com Khukr ik खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com ২0'

खेलको १६ औं मिनेटमा बिक्रमले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पेनाल्टी क्षेत्रभित्र धनगढीका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा बिक्रमले सदुपयोग गरे ।

२० औं मिनेटमा धनगढीका दर्शन गुरुङको प्रहार विराटनगरका गोलकिपर किशोर गिरीले सहजै रोकिदिएका थिए ।

लगत्तै २३ औं मिनेटमा धनगढीले सुनौलो मौका गुमायो । खेलको २३ औं मिनेटमा निशान खड्काको क्रस टंकको प्रहारले पोस्टको दिशा लिन सकेन ।

४४ औ मिनेटमा विराटनगरका सुनिल बलको फ्रिकिक धनगढीका गोलकिपर किरणले पन्च गर्दै गोल हुनबाट जोगाएका थिए ।

दोस्रो हाफमा विराटनगरले धनगढीविरुद्ध लगातार आक्रमण बनायो ।

खेलको ५७ औं मिनेटमा सोमिडेले गोल गर्दै विराटनगरको अग्रता २-० को बनाए ।

निरकुमार राईको सुन्दर पासमा सोमिडेले सुन्दर गोल गरे ।

खेलको ६२ औं मिनेटमा धनगढीका आफिज ओलावालेले गोलको अवसर खेर फाले ।

गोलकिपर बिट भईसकेको अवस्थामा उनले कठिन कोणबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।

May be an image of 5 people, people standing and grass

खेलको ६९ औं मिनेटमा सन्तोषले गोल गर्दै विराटनगरलाई ३-० को जित दिलाए । उनले सुनिल बलको पासमा उत्कृष्ट गोल गरेका थिए ।

खेलको ८९ औं मिनेटमा धनगढीका निशान सुनारले पेनाल्टी क्षेत्रबाट गोल गर्न सकेनन् । उनको प्रहार बाहिरिएको थियो ।

यस्तै खेलको इन्जुरी समयमा धनगढीका ओलावालेको प्रहार विराटनगरका गोलकिपर किशोर गिरिले बचाए ।

खेलको म्यान अफ दि म्याच विराटनगरका सन्तोष तामाङ चुनिए । उनले २५ हजार प्राप्त गरे ।

खेलको प्रोमोसिङ प्लेयर अफ दि म्याच विराटनगरकै निरकुमार राई चुनिए । उनले १० हजार हजार प्राप्त गरे ।

जितसँगै विराटनगरले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।

धनगढीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

via- khelPati

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार