२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ आईपीएल : कोलकत्ताको दोस्रो जित

आईपीएल : कोलकत्ताको दोस्रो जित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राईडर्सले दोस्रो जित निकालेको छ ।

अहमदाबादमा सोमबार राति पन्जाब किङ्सलाई ५ विकेटले पराजित गर्दै कोलकत्ताले दोस्रो जित निकालेको हो ।

पन्जाबले दिएको १ सय २४ रनको लक्ष्य कोलकत्ताले १६ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

कोलकत्ताका जितमा कप्तान इयान मोर्गनले अविजित रहदै ४७  रन जोडे ।

यस्तै राहुल त्रिपाठीले ४१ रन बनाए । आन्द्रे रसेल १० रनमा आउट भए ।

Image

पन्जाबका मोहमद शामी, मोइसेस हेन्रिक्स, आर्शदिप सिंह र दिपक होडाले एक एक विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो ।

पन्जाबका मायांक अग्रवालले ३१ रन जोड्दा क्रिस जोर्डनले ३० रन बनाए ।

लोकेश राहुल र निकोलस पुरणले समान १९/१९ रन जोड्दा साहरुख खानले १३ रन बनाए ।

Image

कोलकत्ताका प्रसिद्ध कृष्णले ३ विकेट लिए । सुनिल नारिन र पाट कुमिन्सले २/२ विकेट लिए ।

जितसँगै कोलकत्ताले पाँचौं स्थानमा उक्लिएको छ । कोलकत्ताले ६ खेलमा ४ अंक जोडेको छ ।

पन्जाबको ६ खेलमा ४ अंक छ । पन्जाब छैटौं स्थानमा रहेको छ ।

Image

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार