गृहपृष्ठ नेपाल पनि सन् २०२३ काे एकदिवसीय विश्वकपमा छनौट चरण पार गरेर सहभागि हुन पाउने संभावना
नेपाल पनि सन् २०२३ काे एकदिवसीय विश्वकपमा छनौट चरण पार गरेर सहभागि हुन पाउने संभावना
२०२३ मा हुने एकदिवसिय विश्वकपमा १४ टिमको सहभागिता हुने भएको छ । आइसीसीको बोर्ड बैठकले सन् २०२३ मा हुने विश्वकपमा १० टिमबाट बढाएर १४ टिमलाई सहभागि गराउने निर्णय गरेको छ ।
यसका साथै आइसीसीले विश्वकपमा १६ टिमको सहभागिताका बैठकमा छलफल भएपनि अन्तिममा १४ टिमलाई खेलाउने निर्णय गरेको हो ।
सन् २००३ देखि आइसीसीले विश्वकपमा १४ टिमले भाग लिदै आएका थिए । तर अब यो संख्या बढ्ने भएको छ । आइसीसीको बैठकमा विश्वकपमा टिमको संख्या बढाउने विषयमा एसोसियट टिमले बढि जोड दिएका थिए ।
आइसीसीले १० टिमविच विश्वकपको आयोजना गर्दा एसोसियट टिमले कमैमात्र भाग लिने मौका पाउने गरेका थिए । तर १६ टिम भएपनि एसोसियट टिमबाट पनि छनौट चरण पार गरेर सहभागि हुन पाउने संभावना बढेको छ ।





