२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ सेफिल्डविरुद्ध बेलको ह्याट्रिक

सेफिल्डविरुद्ध बेलको ह्याट्रिक

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले फराकिलो जित निकालेको छ ।

आइतबार राति भएको खेलमा टोटेनहमले सेफिल्ड युनाईटेडलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ग्यारेथ बेलले ह्याट्रिक गरे । सन ह्युङ मिनको नाममा एक गोल रह्यो ।

खेलको ३६ औं मिनेटमा बेलले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए ।

खेलको ६१ औं मिनेटमा बेलले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई २-० को अग्रता दिलाए ।

Image

६९ औं मिनेटमा बेलले ह्याट्रिक पूरा गर्दा टोटेनहम ३-० ले अघि रह्यो ।

त्यसपछि खेलको ७७ औं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई ४-० को जित दिलाए ।

जितसँगै टोटेनहम लिगको पाँचौ स्थानमा उक्लिएको छ ।

टोटेनहमले ३४ खेलमा ५६ अंक जोडेको छ ।

सेफिल्ड १७ अंक जोडेर पुछारमा रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार