२०८३ साउन ११ गते सोमवार | July 27, 2026

गृहपृष्ठ आईपीएल – चेन्नेई सुपर किंग्सका तीन जना स्टाफमा कोरोना पोजेटिभ

आईपीएल – चेन्नेई सुपर किंग्सका तीन जना स्टाफमा कोरोना पोजेटिभ

एजेन्सी | इन्डियन प्रिमियर लिग टिम चेन्नेई सुपर किंग्सका तीन जना स्टाफमा कोरोना पोजेटिभ देखिएको छ । जसमा टिमका प्रमुख कार्यकारी अफिसर कासी विश्वनाथन, बलिङ प्रशिक्षक लक्ष्मीपति बालाजी र बस क्लिनरलाई कोरोना पोजेटिभ देखिएको छ ।

हाल दिल्लीमा रहेको टिमका बाँकी खेलाडी र स्टाफको रिपोर्ट भने नेगेटिभ आएको छ । आइतबार गरिएको परिक्षणमा तीन जनाको रिपोर्ट पोजेटिभ आएको र बाँकीको नेगेटिभ आएको बताइएको छ ।

तर पोजेटिभ देखिएका तीनै जनाले सोमबार विहान फेरी टेष्ट गरेका छन । तर यो रिपोर्टमा पनि उनीहरुको पोजेटिभ आएको खण्डमा १० दिनको आइसोलेसनमा बस्नुपर्नेछ ।

उनीहरु फेरी टिममा फर्कनु अगाडी दुई वटा रिपोर्ट नेगेटिभ आउनुपर्नेछ । यसअघि कोलकाताका दुई खेलाडीको रिपोर्ट पोजेटिभ आएपनि सोमबारको खेल स्थगित भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार