२०८३ साउन १४ गते बिहीवार | July 30, 2026

गृहपृष्ठ नेपालका युवा ब्याट्सम्यान कुशल भुर्तेल आईसीसीको ‘प्लेयर अफ दि मन्थ’ अवार्डको मनोनयनमा

नेपालका युवा ब्याट्सम्यान कुशल भुर्तेल आईसीसीको ‘प्लेयर अफ दि मन्थ’ अवार्डको मनोनयनमा

काठमाडौं । नेपालका युवा ब्याट्सम्यान कुशल भुर्तेल आईसीसीको ‘प्लेयर अफ दि मन्थ’ अवार्डको मनोनयनमा परेका छन् ।

कुशल अप्रिल महिनाको ‘प्लेयर अफ दि मन्थ’ अवार्डका लागि मनोनयनमा परेका हुन् ।

घरेलु भूमिमा भएको त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि कुशल अवार्डको मनोनयनमा परेका हुन् ।

नेदरल्यान्ड्स र मलेसिया सम्मलित सिरिजमा कुशलले ४ अर्धशतक बनाएका थिए ।

कुशल टी-ट्वान्टीको ब्याटिङ वरीयताको ६१ औं स्थानमा रहेका छन् ।

अवार्डका लागि कुशलसँगै पाकिस्तानका बाबर आजम र फखर जमान परेका छन् ।

आईसीसीले समर्थकको भोटका आधारमा विजेता चयन गर्नेछ ।

कुशललाई भोट गर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार