२०८३ साउन १२ गते मंगलवार | July 28, 2026

गृहपृष्ठ नेपाल सुपर लिग – विराटनगरलाई हराउँदै काठमाडौं प्लेअफमा

नेपाल सुपर लिग – विराटनगरलाई हराउँदै काठमाडौं प्लेअफमा

काठमाडौं । काठमाडौं रेजर्स पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा प्रवेश गरेको छ ।

बिहीबार भएको रोमान्चक खेलमा विराटनगर सिटी एफसीलाई ५-४ गोल अन्तरले पराजित गर्दै काठमाडौंले प्लेअफमा स्थान पक्का गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले ह्याट्रिक गोल गरे ।

यस्तै स्टेफेन बिनोङ र छिरिङ गुरुङले एक एक गोल गरे ।

विराटनगरका पेड्रो मान्जीले दुई गोल फर्काए । यस्तै एडिलाजा सोमिडे र रन्जित धिमालको नाममा एक एक गोल रह्यो  ।

जितसँगै काठमाडौंले ५ खेलमा १० अंक जोडेको छ ।

यससँगै काठमाडौं प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ ।

विराटनगरले ५ खेलमा ७ अंक जोडेको छ । विराटनगरको पनि प्लेअफ सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार