२०८३ असार १६ गते मंगलवार | June 30, 2026

गृहपृष्ठ लिभरपुलको सहज जित

लिभरपुलको सहज जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन साडियो माने र थियागो अल्कानटाराले एक एक गोल गरे ।

खेलको ३१ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ९० औं मिनेटमा थियागोले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।

जितसँगै लिभरपुलले च्याम्पियन्स लिगमा छनोट हुने आशा कायम राखेको छ ।

लिभरपुल ३४ खेलमा ५७ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ ।

साउथह्याम्पटन ३७ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

Image

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार