२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ नेपालका युवा ब्याट्सम्यान कुशल भुर्तेललाई पछि पारि बाबरलाई प्लेयर अफ दि मन्थ अवार्ड

नेपालका युवा ब्याट्सम्यान कुशल भुर्तेललाई पछि पारि बाबरलाई प्लेयर अफ दि मन्थ अवार्ड

काठमाडौं । पाकिस्तानका कप्तान तथा ब्याट्सम्यान बाबर आजमले आईसीसीको ‘प्लेयर अफ दि मन्थ’ अवार्ड जितेका छन् ।

आजमले अप्रिल महिनाको ‘प्लेयर अफ दि मन्थ’ अवार्ड जितेका हुन् ।

अवार्ड जित्ने क्रममा आजमले नेपालका युवा ब्याट्सम्यान कुशल भुर्तेल र पाकिस्तानकै फखर जमानलाई पारे ।

घरेलु भूमिमा भएको त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि कुशल पहिलो पटक अवार्डको मनोनयनमा परेका थिए ।

नेदरल्यान्ड्स र मलेसिया सम्मलित सिरिजमा कुशलले ४ अर्धशतक बनाएका थिए ।

कुशल टी-ट्वान्टीको ब्याटिङ वरीयताको ६१ औं स्थानमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार