२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ नेपाल सुपर लिग : काठमाडौँ रेजर्सले उचाल्यो उपाधी,अन्जन उत्कृष्ट फरवार्ड, किरण उत्कृष्ट गोलकिपर

नेपाल सुपर लिग : काठमाडौँ रेजर्सले उचाल्यो उपाधी,अन्जन उत्कृष्ट फरवार्ड, किरण उत्कृष्ट गोलकिपर

काठमाडौ| रेजर्स एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि जितेको छ ।

शनिबार भएको फाइनलमा धनगढी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो ।

साथै ललितपुर सिटी एफसीका कप्तान अन्जन विष्ट उत्कृष्ट फरवार्ड चुनिएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न प्रतियोगितामा अन्जन उत्कृष्ट फरवार्ड चुनिएका हुन् ।

यस्तै च्याम्पियन टिम काठमाडौं रेजर्स एफसीका मेसौके ओलोमोउ उत्कृष्ट मिडफिल्डर चुनिए । उनी फाइनलका निर्णायक गोलकर्ता समेत हुन् ।

फाइनलमा धनगढी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको थियो ।

प्रतियोगिताको उत्कृष्ट डिफेन्डर धनगढीका दिनेश राजवंशी र उत्कृष्ट गोलकिपर धनगढीका किरण चेम्जोङ चुनिए । उत्कृष्ट प्रशिक्षक काठमाडौंका बाल गोपाल महर्जन चुनिए ।

व्यक्तिगत विधामा उत्कृष्ट बनेका खेलाडी र प्रशिक्षकले जनही १/१ लाख प्राप्त गरे ।

प्रतियोगिताको इमर्जिङ प्लेयर अफ दि टुर्नामेन्ट काठमाडौंका विश्वास श्रेष्ठ चुनिए । उनले ५० हजार प्राप्त गरे ।

फेयर प्ले टिमको अवार्ड बुटवल लुम्बिनी एफसीले हात पार्यो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार