२०८३ मंसिर ४ गते बिहीवार | November 19, 2026

गृहपृष्ठ लेष्टर सिटी चेल्सीसंग पराजित

लेष्टर सिटी चेल्सीसंग पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लेष्टर सिटीलाई पराजित गरेको छ ।

मंगलबार राति भएको खेलमा चेल्सीले लेष्टरलाई २-१ गोल अन्तरले परजित गरेको हो ।

घरेलु मैदानमा खेलको ४७ औं मिनेटमा एन्टोनियो रुडिगरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

६६ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीको अग्रता २(० को बनाए ।
त्यसपछि खेलको ७६ औं मिनेटमा केलीची इहिनाचोले एक गोल फर्काए पनि चेल्सी २(१ ले विजयी भयो ।

जितसँगै चेल्सीले ३७ खेलमा ६७ अंक जोडेको छ । चेल्सी तेस्रो स्थानमा उक्लिएको छ ।

लेष्टर ६६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

चेल्सी र लेष्टर दुबैको शीर्ष चारमा रहदै च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कायम रहेको छ ।

यो पनि

प्रिमियर लिग : म्यानचेस्टर युनाईटेडलाई र फुलहमले बराबरीमा रोक्यो

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र फुलहमले बराबरी खेलेका छन् ।

मंगलबार राति भएको खेलमा युनाईटेड र फुलहमले १(१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युनाईटेड अंक बाड्न बाध्य भयो ।

ओल्ड ट्राफोर्डमा १५औँ मिनेटमा एडिन्सन काभानीले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए ।

७६औँ मिनेटमा जोइ ब्रायनले गोल गर्दै फुलहमलाई १(१ गोलको बराबरीमा फर्काए ।

बराबरीसँगै युनाईटेड ३७ खेलमा ७१ अंकसहित दोस्रो स्थानमा यथावत छ । फुलहम २८ अंकसहित १८औँ स्थानमा छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार