२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ अग्युरो बार्सिलोनाको नजिक

अग्युरो बार्सिलोनाको नजिक

एजेन्सी । म्यान्चेष्टर सिटीका फरवार्ड सर्जियो अग्युरो बार्सिलोनासंग अनुबन्धको नजिक देखिएका छन् ।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले यसको पुष्टि गर्दै अग्युरो बार्सिलोना जाने विषयमा निकै नजिक रहेको बताए ।

ग्वार्डिओलाका अनुसार अग्युरो अर्को सिजन बार्सिलोनासंग जोडिन निकै नजिक छन् ।

३२ वर्षीय अग्युरो ईतिहाद क्लबसंग सम्झौता सकिएसंगै सिटीबाट बिदा लिदैछन् । उनले क्लबका लागि ३ सय ८९ खेलमा २ सय ६० गोल गरे ।

‘सायद म एक रहस्यलाई खोल्छु ।’ ग्वार्डिओलाले भने, ‘सायद उनी मेरो मन पर्ने क्लब बार्सिलोनासंग सम्झौताको नजिक छन् ।’

‘उनी समकालिन फुटबलका सबैभन्दा उत्कृष्ट खेलाडी मेस्सीसंग खेल्न जादैछन् ।’ उनले भने ।

‘म निश्चित छु, उनले पक्कै रमाईलो गर्नेछन् । उनको उपस्थितीमा बार्सिलोना मैदानमा बलियो हुनेछ ।’ ग्वार्डिओलाले थपे ।

प्रिमियर लिगको अन्तिम खेलमा दुई गोल गर्दै अग्युरोले ईतिहाद बसाई टुङ्गाएका छन् । एभर्टनलाई हराएर उनले प्रिमियर लिगको उपाधि समेत उचाले ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार