२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ बंगलादेशलाई एकदिवसीय सिरिज

बंगलादेशलाई एकदिवसीय सिरिज

एजेन्सी । घरेलु टिम बंगलादेशले श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ ।

ढाकामा मंगलबार भएको दोस्रो खेलमा श्रीलंकालाई डीएल पद्दतिको आधारमा १ सय ३ रनले हराएर बंगलादेशले एक खेल अगाबै सिरिज आफ्नो बनाएको हो ।

 बंगलादेशले दिएको २ सय ४७ रनकोया लक्ष्यसहित श्रीलंकाले जवाफी ब्याटिङ गरिरहदा खेल वर्षाले प्रभावित गरेको थियो ।

वर्षाले खेल रोकिएपछि डीएलको आधारमा श्रीलंकाले ४० ओभरमा २ सय ४५ रनको नयाँ लक्ष्य पायो ।

तर, श्रीलंकाले ४० ओभरमा ९ विकेट गुमाएर १ सय ४१ रन मात्र बनाउन सक्यो ।

Image

श्रीलंकाका दनुश्का गुनाथिलकाले सर्वाधिक २४ रन बनाए । पथुम निशान्काले २० तथा इशुरु उडानाले अविजित १८ रन बनाए ।

बंगलादेशका मेहदी हसन मिराज र मुस्ताफिजुर रहमानले ३/३ विकेट लिए । शकिब अल हसनले २ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४८ ओभर १ बलमा अलआउट हुँदै २ सय ४६ रन बनाएको थियो ।

बंगलादेशका लागि मुस्फिकर रहिमले १ सय २५ रनको शतकीय इनिङ्स खेले ।

यस्तै महमुदउल्लाहले ४१ रन जोड्दा लिटोन दासले २५ रन बनाए । कप्तान तमिम इकबाल १३ रनमा आउट हुँदा शकिब अल हसन सुन्य रनमा आउट भए ।

श्रीलंकाका लागि लक्षण सन्दुकन र दुश्मन्था चामिराले ३/३ विकेट लिए । इशुरु उडानाले २ विकेट लिए ।

जितसँगै बंगलादेशले ३ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ ।

पहिलो खेलमा बंगलादेशले ३३ रनको जित निकालेको थियो ।

Image

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार