२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ चेल्सीका कप्तान सेजरले पाएको रातो कार्ड फिर्ता

चेल्सीका कप्तान सेजरले पाएको रातो कार्ड फिर्ता

एजेन्सी । चेल्सीका कप्तान सेजर एज्पिलिक्वेटाले पाएको रातो कार्ड फिर्ता भएको छ ।

प्रिमियर लिग अन्तर्गत आइतबार एस्टन भिल्लाविरुद्धमा खेलमा कप्तान सेजरले रातो कार्ड पाएका थिए ।

तर, सेजरको अपिलपछि रातो कार्ड फिर्ता भएको हो ।

एस्टनका मिडफिल्डर ज्याक ग्रालिसलाई फउल गरेपछि उनले ८९ औं मिनेटमा रातो कार्ड पाएका थिए ।

भिल्ला पार्कमा भएको उक्त खेलमा चेल्सी २-१ ले पराजित भएको थियो ।

सिजनको अन्तिम खेलमा पराजित भएपनि चेल्सी चौंथो स्थानमा रहदै च्याम्पियन्स लिगमा छनोट भएको थियो ।

Cesar Azpilicueta: Chelsea captain has red card against Aston Villa  canceled after appeal | Football News

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार