२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ यसरि हेर्नुहोस् – नेपाल र इराकबीचको खेल लाईभ

यसरि हेर्नुहोस् – नेपाल र इराकबीचको खेल लाईभ

काठमाडौं । नेपालले आज राति मैत्रीपूर्ण खेलमा घरेलु टिम इराकसँग प्रतिस्पर्धा गर्दैछ ।

बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा नेपालले घरेलु टिमसँग खेल्नेछ । नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।

नेपाल र इराकबीचको खेल बन्द रंगशालामा हुने भएको छ । कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै खेलमा दर्शकलाई प्रवेश नगराईने भएको हो ।

तर, नेपाल र इराकबीचको खेल युट्युब च्यानलबाट लाईभ हेर्न सकिनेछ ।

नेपाल र इराकबीचको खेल यस च्यानलबाट लाईभ हेर्न सकिनेछ ।
लाईभ हेर्न यहाँ क्लिक गर्नुहोस्

विश्वकप छनोटको तयारीमा रहेको नेपालले फिफा वरीयतामा माथिल्लो स्तरको इराकविरुद्ध खेल्न लागेको हो ।

फिफा वरीयतामा इराक नेपाल भन्दा १ सय ३ औं स्थान माथि रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा इराक ६८ औं स्थानमा छ । नेपाल १ सय ७१ औं स्थानमा छ ।

नेपाल र इराकबीच यो चौंथो भेट हुनेछ । यस अघि नेपाल र इराकले ३ खेलमा प्रतिस्पर्धा गरेका छन् । तीनै खेलमा इराकले ‘क्लिन स्विप’ गरेको छ ।

इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोलि कुवेत जानेछन् ।

कुवेतमा हुने छनोटमा नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ ।

अब नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार