२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ चेल्सीलाई यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि

चेल्सीलाई यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि

एजेन्सी । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

पोर्चुगलमा  शनिबार भएको फाइनलमा अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो ।

पोर्टोस्थित स्टाडियो डो ड्रागाओ स्टेडियममा चेल्सीलाई जित दिलाउन काइ हाभर्ट्जले निर्णायक गोल गरे ।

खेलको ४३ औं मिनेटमा हाभर्ट्जले निर्णायक गोल गरेका हुन्  । मासन माउन्टको पासमा उनले गोल गरेका थिए । जुन गोल चेल्सीको जितमा निर्णायक बन्यो ।

Image

यससँगै चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । यस अघि चेल्सीले सन् २०१२ मा उपाधि जितेको थियो ।

सिटी भने पहिलो पटक युरोपियन क्लब फुटबलको प्रतिष्ठित जित्न असफल भएको छ । सिटीले आहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । सिटी यस सिजन पहिलो पटक फाइनल पुगेको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार