२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ वर्सेस्टरशायरद्वारा सन्दिपको कन्ट्रयाक्ट रद्द

वर्सेस्टरशायरद्वारा सन्दिपको कन्ट्रयाक्ट रद्द

काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डमा आयोजना हुने भाइटालिटी टी-ट्वान्टी ब्लास्ट क्रिकेट प्रतियोगिता गुमाउने भएका छन् ।

बेलायतको भिसा ढिला आएको कारण सन्दीपले भाइटालिटी ब्लास्ट गुमाउने भएका हुन् ।

सन्दीपका म्यानेजर रमण शिवाकोटीले भिषा र क्वारेन्टिनको कारण प्रतियोगिता गुमाउने बताए ।

‘भिषा ढिलो आयो । उता पुगेर क्वारेन्टिन बस्ने समय भएन । सम्झौता अनुसार सुरुवातबाटै उनी त्यहाँ पुग्नु पर्ने थियो,’ रमणले भने, ‘अब क्वारेन्टिन बस्दा ५/६ खेल सकिन्छ । सन्दीप २६/२७ मे भित्र पुगिसक्नु पर्ने थियो ।’

भाइटालिटी ब्लास्ट जुन ९ देखि १८ सेप्टेम्बरसम्म हुने तालिका रहेको छ ।  सन्दीप वोर्सेस्टरशायर र्यापिड्समा अनुबन्धित भएका थिए । सन्दीप पहिलो पटक यस प्रतियोगिता खेल्ने तयारीमा थिए ।

सन्दीपले भिषा ढिला आएपछि सामाजिक संजालमा समेत आक्रोश पोखेका थिए ।

यस्तै शिवाकोटीले क्लबले सन्दीपको स्थानमा अर्को खेलाडी अनुबन्धको तयारी गरिरहेको बताए ।

भाइटालिटी ब्लास्ट खेल्न नपाए पनि सन्दीप अर्को प्रतियोगिता द हन्ड्रेड क्रिकेटका लागि भने इंग्ल्यान्ड जाने भएका छन् ।

‘द हन्ड्रेडका लागि भने उनी जाने छन् । क्लबले बोलाएपछि उनी जाने छन् । सायद जुनको अन्तिमतिर जाने छन्,’ शिवाकोटीले भने ।

सन्दीपले खेल्ने द हन्ड्रेड जुलाई २२ बाट हुने तालिका रहेको छ ।

सन्दीपले ओभल इन्भिन्सिबलबाट द हन्ड्रेड खेल्ने छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार