२०८३ भदौ ९ गते मंगलवार | August 25, 2026

गृहपृष्ठ नेपाल, स्कटल्याण्ड र नामिबियाले स्पेनमा क्रिकेट खेल्ने

नेपाल, स्कटल्याण्ड र नामिबियाले स्पेनमा क्रिकेट खेल्ने

आईसीसी विश्वकप लिग २ अन्तर्गतको नेपालले खेल्ने त्रिकोणात्मक सिरिज स्पेनमा हुने पक्का भएको छ ।

जुलाईमा हुने त्रिकोणात्मक सिरिजमा नेपालसहित स्कटल्याण्ड र नामिबिया खेल्ने छन् ।

नेपाल क्रिकेट संघ क्यानका सचिव अशोकनाथ प्याकुरेलले जुलाईमा प्रतियोगिता हुने पक्का भए पनि मिति भने पछि तय हुने बताए ।

कोरोना महामारीका कारण यसअघि नै तय भएको सिरिज स्थगित भएको थियो ।

स्पेनमा हुने प्रतियोगिताको विषयमा सोमबारसम्म क्यानले २० खेलाडी छनोट गर्ने तयारी गरेको पनि जनाइएको छ ।

नेपालले सन् २०२० मा घरेलु अमेरीका, ओमानसँग एकदिवसिय सिरिज खेलेपछि अर्को एकदिवसिय सिरिज खेलेको छैन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार