गृहपृष्ठ कोपा अमेरिकाको लागि अर्जेन्टिनाको टिम घोषणा
कोपा अमेरिकाको लागि अर्जेन्टिनाको टिम घोषणा
जेठ २८, २०७८ |
Reporter |
काठमाडौं |
काठमाडौं । यदि जुन १३ देखि ब्राजिलमा सुरु हुने ४७औं संस्करणको कोपा अमेरिका फुटबलका लागि अर्जेन्टिनाको टोली घोषणा भएको छ ।
प्रशिक्षक लिओनल स्कोलानीले बिहीबार २८ सदस्यीय टोली घोषणा गरेका हुन् जसमा ४ गोलकिपर समावेश छन ।
स्पानिस क्लब सेभियाबाट खेल्ने लुकास ओकम्पास भने टिममा पर्न सकेनन् । यस्तै जुवान फोयथ पनि टिममा अटाएनन् ।
प्रशिक्षकले गोलकिपर फ्रान्को अर्मानी र फरवार्ड लुकास अलारियोलाई टिममा राखेका छन् । गोलकिपर अर्मानीलाई बारम्बार कोरोना संङ्क्रमण भए पनि उनीलाई टिममा राखिएको छ ।
दक्षिण अमेरिकी महादेशको ठूलो प्रतियोगिता कोपामा यस पटक १० टिम सहभागी हुँदैछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।
अर्जेन्टिना रहेको समूह बीमा चिली, उरुग्वे, पाराग्वे र बोलिया छन् ।
अर्जेन्टिनाले पहिलो खेल जुन १४ मा चिलीसँग खेल्नेछ।समाचार