२०८३ मंसिर ६ गते शनिवार | November 21, 2026

गृहपृष्ठ रोहितलाई रातो कार्ड, नेपाल पहिलो हाफ सकिदा २-० ले पछाडी

रोहितलाई रातो कार्ड, नेपाल पहिलो हाफ सकिदा २-० ले पछाडी

काठमाडौं । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज  बलियो टिम अष्ट्रेलियासँग प्रतिस्पर्धा गरिरहेको छ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपालविरुद्ध अष्ट्रेलियाले २-० गोलको अग्रता बनाएको छ ।

खेलको छैटौं मिनेटमा म्याथ्यु लेकीले गोल गर्दै अष्ट्रेलियालाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ३८ औं मिनेटमा फ्रान करासिकले गोल गर्दै अष्ट्रेलियालाई २-० को अग्रता दिलाए ।

यस्तै खेलमा नेपाल १० खेलाडीमा समेटिएको  छ ।

नेपालका रोहित चन्दले रातो कार्ड पाएर मैदानबाट बाहिरिएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार