२०८३ असार १० गते बुधवार | June 24, 2026

गृहपृष्ठ वेल्स र स्विजरल्याण्डसंग बराबरीमा रोकियो

वेल्स र स्विजरल्याण्डसंग बराबरीमा रोकियो

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा वेल्स र स्विजरल्याण्डले बराबरी खेल्दै अंक बाडेका छन् ।

अजरबैजानको बाकुमा शनिबार भएको खेलमा वेल्स र स्विजरल्याण्डले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

बकु ओलम्पिक स्टेडियममा स्विजरल्याण्डका लागि ब्रेल इम्बोलोले एक गोल गरे । वेल्सका किफेर मोरेले बराबरी गोल फर्काए  ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा स्विजरल्याण्डले सुरुवाती अग्रता बनाएको थियो ।

खेलको ४९ औं मिनेटमा इम्बोलोले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाएका थिए ।

तर, खेलको ७४ औं मिनेटमा मोरेले हेडरमार्फत गोल गर्दै वेल्सलाई हारबाट जोगाए ।

यस्तै खेलको ८५ औं मिनेटमा स्विजरल्याण्डका मारियोले गोल गरेका थिए । तर, भीएआरको सहायताबाट उनी अफसाइट रहदा उनको गोलले मान्यता पाएन ।

वेल्सविरुद्ध बलमा पकड जमाएको स्विजरल्याण्डले गोलको अन्य अवसर समेत बनाएको थियो । तर, स्विजरल्याण्डको पटक पटकको प्रहार वेल्सका गोलकिपर डेनी वार्डले उत्कृष्ट बचाउ गरे । वेल्सले पनि पाएको केहि अवसरमा गोल गर्न सकेन ।

यस बराबरीसँगै समूह ‘ए’ मा रहेका वेल्स र स्विजरल्याण्डले एक एक अंक बाडेका छन् ।

समूहको दोस्रो स्थानमा रहेको स्विजरल्याण्डले १ खेलमा १ अंक जोडेको छ ।

स्रो स्थानमा रहेको वेल्सको पनि १ अंक रहेको छ ।

यस समूहमा इटाली ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । उद्घाटन खेलमा इटालीले टर्कीलाई ३-० ले हराएको थियो ।

टर्की अंक विहीन रहदै पुछारमा रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार