गृहपृष्ठ खेल दौरान डेनमार्कका क्रिस्टियन एरिक्सन बेहोस, खेल रद्द
खेल दौरान डेनमार्कका क्रिस्टियन एरिक्सन बेहोस, खेल रद्द
एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत डेनमार्क र फिनल्याण्डबीच खेल रद्द भएको ।
डेनमार्कको कोपनहेगनमा जारी खेल दौरान डेनमार्कका क्रिस्टियन एरिक्सन बेहोस भएर लडेपछि खेल रद्द भएको हो ।
खेलको ४३ औं मिनेटमा एरिक्सन बेहोस भएर मैदानमा ढल्न पुगेका थिए ।
खेल गोलरहित बराबरीको अवस्थामा रहेको थियो ।

यो पनि
वेल्स र स्विजरल्याण्डसंग बराबरीमा रोकियो
एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा वेल्स र स्विजरल्याण्डले बराबरी खेल्दै अंक बाडेका छन् ।
अजरबैजानको बाकुमा शनिबार भएको खेलमा वेल्स र स्विजरल्याण्डले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
बकु ओलम्पिक स्टेडियममा स्विजरल्याण्डका लागि ब्रेल इम्बोलोले एक गोल गरे । वेल्सका किफेर मोरेले बराबरी गोल फर्काए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा स्विजरल्याण्डले सुरुवाती अग्रता बनाएको थियो ।
खेलको ४९ औं मिनेटमा इम्बोलोले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाएका थिए ।
तर, खेलको ७४ औं मिनेटमा मोरेले हेडरमार्फत गोल गर्दै वेल्सलाई हारबाट जोगाए ।
यस्तै खेलको ८५ औं मिनेटमा स्विजरल्याण्डका मारियोले गोल गरेका थिए । तर, भीएआरको सहायताबाट उनी अफसाइट रहदा उनको गोलले मान्यता पाएन ।
वेल्सविरुद्ध बलमा पकड जमाएको स्विजरल्याण्डले गोलको अन्य अवसर समेत बनाएको थियो । तर, स्विजरल्याण्डको पटक पटकको प्रहार वेल्सका गोलकिपर डेनी वार्डले उत्कृष्ट बचाउ गरे । वेल्सले पनि पाएको केहि अवसरमा गोल गर्न सकेन ।
यस बराबरीसँगै समूह ‘ए’ मा रहेका वेल्स र स्विजरल्याण्डले एक एक अंक बाडेका छन् ।
समूहको दोस्रो स्थानमा रहेको स्विजरल्याण्डले १ खेलमा १ अंक जोडेको छ ।
स्रो स्थानमा रहेको वेल्सको पनि १ अंक रहेको छ ।
यस समूहमा इटाली ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । उद्घाटन खेलमा इटालीले टर्कीलाई ३-० ले हराएको थियो ।
टर्की अंक विहीन रहदै पुछारमा रहेको छ ।






