२०८३ वैशाख ६ गते आइतवार | April 19, 2026

गृहपृष्ठ युरोकप-स्विडेनसँग स्पेनको बराबरी

युरोकप-स्विडेनसँग स्पेनको बराबरी

एजेन्सी । स्पेनले १६ औं संस्करणको युरोकप फुटबलमा स्विडेनसँग बराबरी खेल्दै अंक बाडेको छ ।

सेभियामा सोमबार राति स्पेनले स्विडेनसँग गोलरहित बराबरी खेल्दै अंक बाडेको हो ।

घरेलु मैदानमा बल पोसेसनमा पकड जमाएपनि गोल गर्न नसक्दा स्पेनले बराबरीमा चित्त बुझाएको हो । स्विडेनले पनि खेलमा पाएको मौकालाई सदुपयोग गर्न सकेन ।

यस बराबरीसँगै समूह ‘ई’ को स्पेनले १ अंक जोडेको छ । स्पेन समूहको दोस्रो स्थानमा रहेको छ ।

स्विडेन १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

Image

यस समूहमा स्लोभाकिया ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

स्लोभाकियाले सोमबार राति १० खेलाडीमा समेटिएको पोल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

अंक विहीन पोल्याण्ड समूहको पुछारमा रहेको छ ।

Image

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार